+
+

मानापाथी हिमालमा हिमपहिरो: ९ घरपरिवार सुरक्षित स्थानमा सारियो, बोक्सीखोलामा पानी बग्न थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १७:०५

७ भदौ, काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

शुक्रबार दिउँसो गएको हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए । ‘सुरक्षा सतकर्ता अपनाउन भनेका छौं । जोखिमपूर्ण ठाउँका ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले अनलाइनखबरसँग भने ।

अहिले भने हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेको डीएसपी पाण्डेयले बताए । ‘अहिले पानीको बहाबले आफ्नो गति लिन थालेको छ । यसअघि थुनिएको खोलामा पानी बग्न थालेको छ । त्यसकारण त्यति जोखिम हुने देखिँदैन’, उनले भने । बोक्सीखोलाका पानी कालीगण्डकी नदीमा गएर मिसिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?