+
+

सीके राउतको ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १७:३१

७ भदौ, काठमाडौं । डा.सिके राउतको ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रममाबीच लोकार्पण गरिएको हो ।

अमेरिकाबाट नेपाल फर्किएको किन भन्ने प्रश्नको जवाफ दिन अंग्रेजीमा पहिले नै प्रकाशित यो पुस्तक अनुवाद गरेर नेपालीमा प्रकाशित गरेको डा. राउतले बताए । लोकार्पण कार्यक्रममा उनले आफूले विगतमा पुस्तक प्रकाशित गर्न समेत अफ्ट्यारो महसुस गरेको पृष्ठभूमि रहेको बताए ।

‘इतिहासको कालखण्डको एउटा तस्बिर हो, दस्तावेज हो’, डा. राउतले भने ।

यो पुस्तक सिके राउतको आत्मकथा हो । काठमाडौँमा मधेसीप्रति हुने भेदभाव विगतमा कस्तो थियो भन्ने पुस्तकमा रहेको उनले बताए ।

पढाइ सकाएर अध्यापनमा रहँदा समेत हेपिएको, उत्कृष्ट अंक ल्याएर राजाबाट महेन्द्र विद्याभूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउने उनले सुनाए ।

वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान खोज्न पुगेको उनले सुनाए । विश्व ग्लोबल भिलेज भए पनि पहिचानको आवश्यकता नमेटिने उनले बताए ।

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा.राउतले बताएका छन् । समाज उन्नतिको लागि तत्कालमा राजनीति गर्ने र दीर्घकालीन बोध अध्यात्म रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?