+
+

तनहुँ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २७ जना पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १८:१५

७ भदौ, पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयो भने बाँकी सबैको मृत्यु भयो,’ तनहुँका सीडीओ गौतमले भने, ‘सुरुमा १४ जनाको मृत्यु भएको र पछि १३ जना गरी २७ जनाको मृत्यु भएको हो ।’

मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ भने दुर्घटनार अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ । तनहुँका सीडीओ गौतमका अनुसार बाँकी प्रक्रियाकाबारे टुंगो लागिसकेको छैन ।

भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?