+

एरिका राइट पाथको ब्रान्ड एम्बेसडर

२०८१ भदौ  ७ गते १८:३३ २०८१ भदौ ७ गते १८:३३
एरिका राइट पाथको ब्रान्ड एम्बेसडर

७ भदौं, काठमाडौं । राइट पाथ कन्सल्टेन्सी ग्रुप प्रालिले १९ औं एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङलाई शुक्रबार ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, प्रशिक्षणलगायतमा सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी गराए ।

एरिकाले राइट पाथको प्रवद्र्धनमा सहयोग गर्ने छिन् । त्रिपुरेश्वरस्थित कराते महासंघको कार्यालयमा भएको सम्झौता तत्काललाई १ वर्षसम्म कायम रहने छ ।

एरिका राइट पाथ ब्रान्ड एम्बासडर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय