+

रोलर स्केटिङ टोली भारत जाने

२०८१ भदौ  ७ गते १८:४२ २०८१ भदौ ७ गते १८:४२
रोलर स्केटिङ टोली भारत जाने

७ भदौ, काठमाडौं । प्रथम इन्डिया नेपाल रोलर स्केटिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको पश्चिम बंगालस्थित नाडिया जाने भएको छ ।

अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा ज्ञान संस्कार इन्टरनेसनल स्कुलबाट रोज बडू, काश्भी भट्टराई, समन पाण्डे, स्लोक सेन थापा, समिरन भुसाल, जून बडू, जियाना अर्याल र स्नेहा पाण्डे तथा विल्सन एकेडेमीबाट स्वराज भारती, प्रान्जल गिरी र समिश्रण थापा रहेका छन् ।

शिव नर्सिङ शिक्षालयबाट आशिया तामाङ, विमस शाही, रेमन गुरुङ र सात्भिक मल्होत्रा रहेका छन् । ट्रिटन इन्टरनेसनल स्कुलबाट आयुश सिटौला र सुमित ठाकुर तथा अन्यबाट इमोन यादव र श्रीवत्स श्रेष्ठ छन् ।

टोली प्रमुखमा नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा अभिषेक मानन्धर तथा प्रशिक्षकमा अनिल तामाङ र राहुल खत्री क्षेत्री रहेका छन् । टोलीसंगै ज्ञान संस्कारकी प्रिन्सिपल निलम बडू र शिक्षिका सानी महर्जन पनि भारत जाने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरिन् ।

रोलर स्केटिङ टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय