+
+

संविधान संशोधनबारे कृष्ण सिटौला : स्थानीय तह र प्रदेशलाई अधिकारसम्पन्न बनाऔं, त्यसपछि बहस गरौंला

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १९:२२

७ भदौ, काठमाडौं। राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयन नगरी संशोधनको विषयमा बहस चलाउनु उचित नहुने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले संविधान अनुसार प्रदेश र स्थानीय तहले अधिकार नै पाउन नसकेको बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा सत्ता सहकार्य हुनु अगागि गत असार १७ गते मध्यराति भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्नेसहितका विषय रहेका छन् । दुई ठूला दल मिलेर सरकार बनाउँदै गर्दा आएको संविधान संशोधन गर्ने विषयले नेपालभित्र मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा समेत तरंग पैदा गरेको टिप्पणी गरे ।

दुई ठूला दल मिलेर सरकार बनेको अवस्थामा संशोधन गर्नेभन्दा पहिले संविधान कार्यान्वयनको समीक्षा गर्न आवश्यक रहेको उनले बताए । संविधान अनुसार प्रदेश र स्थानीय तहले अधिकार पाएर त्यसको उपयोग हुँदा कमजोर पक्ष देखिए समीक्षा गरेर संविधानमा आवश्यक पुनरावलोकन गर्न सकिने उनको राय छ ।

‘प्रदेशको अधिकार र स्थानीय तहको अधिकार हामीले दिएकै छैनौं। के संशोधन गर्ने ?’ सिटौलाको प्रश्न छ ।

संविधानअनुसार न्यायपालिका, संवैधानिक निकायहरू, संघीय व्यवस्थापिका, प्रदेश सभा सबैको समीक्षा गर्न आवश्यक रहेको र यसका लागि वर्तमान सत्तागठबन्धनले अगुवाई गर्नुपर्ने उनको प्रस्ताव छ ।

‘पहिले संविधान कार्यान्वयनको समीक्षा गरौं । त्यसपछि संविधान संशोधनको बहसमा प्रवेश गरौँला’ नेता सिटौलाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?