+
+

शिल्पा मास्के अभिनित फिल्म ‘देवी’को शीर्ष गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते २०:४०

काठमाडौं । तीजको छेकोमा भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के फिचर्ड छिन् ।

गीतमा रोहित शाक्यको संगीत रचना र स्वप्नील शर्माको संगीत छ । मिङ्मा डि लेप्चाको नृत्य निर्देशन रहेको गीतमा वशिष्ठ घिमिरेको छायांकन, उज्वल जोशीको रङ् संयोजन, सन्तोष दवाडीको सम्पादन छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई संजोग राईले निर्देशन गरेका हुन् । डेब्यु निर्देशक राईले फिल्ममार्फत यौनहिंसाविरुद्धको कथा पस्कने प्रयत्न गरेका छन् ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा यो फिल्म बनेको हो । प्रदर्शनका लागि बाँसुरी फिल्म्सले पनि सहकार्य गरेको छ । उक्त मितिमा यो फिल्म नेपालसहित विदेशमा पनि रिलिज तयारीमा छ ।

फिल्ममा मास्केसहित गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमाको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?