+
+

संगीतमा सेन्सर गर्ने निकायको आवश्यकता : सांसद गौतम

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते २०:५३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले संगीतमा पछिल्लो समय देखिएको विकृति हेर्दा सेन्सरसिपको आवश्यकता महसुस भएको बताएकी छिन् ।

शुक्रबार राष्ट्रिय लोक संचारकर्मी नेपालले ललितपुरस्थित न्यू मिलेनियम स्कुलमा आयोजना गरेको ‘तीजका गीत कस्ता बने’ बोलको गीत सार्वजनिक कार्यक्रममा यस्तो बताएकी हुन् ।

‘चलचित्रलाई नियमन गर्न सेन्सर गर्ने निकाय छ । यस्तै गीतसंगीतका लागि पनि सेन्सरसिपको आवश्यकता महसुस भएको छ’ गौतमले भनिन्, ‘सुरुमा त स्रष्टा आफैले बिशेष ध्यान दिनु आवश्यक छ ।’

उनले पछिल्लो समय आएका गीत समाजमा सकारात्मक सन्देश फैलाउने बाटोतर्फ नलागेको बताइन् । उनले अघि भनिन्, ‘लोकतन्त्र छ भन्दैमा मनपरी गर्न पाइदैन, समाजलाई बिथोल्न पाइदैन ।’

समाज परिवर्तन गर्न आफैबाट सुरु गर्नुपर्ने उनले बताइन् । ‘समाज बनाउने जिम्मा राजनीतिज्ञको मात्र होइन । एक असल नेता आउँदैमा देश बदलिन्छ भन्ने होइन् । देश बदलिन, समाजमा रहेका हरेक व्यक्ति बदलिनु आवश्यक छ’ उनले भनिन्, ‘समाजका हरेक क्षेत्रका व्यक्तिको नेतृत्व बदलिनु आवश्यक छ । त्यसमा पनि कला क्षेत्रमा रहनुभएका कलाकर्मीको पनि ठूलो भूमिका हुन्छ ।’

तीजलाई लक्षित गर्दै निर्माण गरिएको गायिका कविता अर्यालको ‘तीजका गीत कस्ता बने’ बोलको गीत लोकार्पण कार्यक्रममा वरिष्ठ लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझी लगायतले धारणा राखे ।

तस्वीर : गोपिकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?