+
+

‘बेहुली फ्रम मेघौली’को टिजर : योग्य वर खोज्न युवतीले भोग्नुपर्ने सास्तीको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १०:४३

काठमाडौं । फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर हलमा रिलिज भएको एकसातापछि शनिबार इन्टरनेटमा सार्वजनिक भएको छ ।

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्मले योग्य वर खोज्न वधुले गर्ने संघर्षको कथा पेश गर्छ । ३० वर्ष लागेकी छोरीलाई विवाह गराउन परिवारले समेत कति सास्ती खेप्नुपर्छ भन्ने कथावस्तु यसमा छ ।

रमाइलो र हास्य तत्व मिसाएर बनाइएको यो टीजरले गम्भीर सामाजिक अर्थ पनि बोकेको छ । विवाह संस्कृति र योग्य जीवनसाथी खोज्नुपर्ने सामाजिक र वैयक्तिक दबाबको कथा यसभित्र छ ।

‘लुट’ डेब्यु निर्देशक बस्नेतले यसमा अष्ट्रेलिया रिटर्न युवकको भूमिका निर्वाह गरेका छन् । खड्कालाई चाहिँ योग्य वर खोजिरहेकी ३० वर्षिया युवतीको रोलमा देख्न सकिन्छ ।

फिल्ममा बसुन्धरा भुषाल, बिजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको पनि अभिनय छ ।

दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ ।

यो फिल्मबाट स्वस्तिमाले निर्मात्रीको रुपमा डेब्यु गरेकी हुन् । विदेशी फिल्मको वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले यो फिल्मबाट पहिलोपटक घरेलु फिल्मको वितरण गर्दैछ । यसका लागि उसले डिजिटल सिनेमा नेपालसँग सहकार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?