+
+

मिस्टर नेपालको ग्राण्ड फिनाले आज, कसले जित्ला उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १०:५९
गतवर्षका विजेताहरु : फाइल तस्वीर

काठमाडौंँ । ‘मिस्टर नेपाल २०२४’को विजेता आज शनिबार घोषणा हुँदैछ । होटल सोल्टीमा हुने फिनालेमा ३८ प्रतियोगी उपाधिका लागि भिड्दैछन् । जसमध्ये फाइनलिस्टमा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया (काठमाडौं) छन् ।

यस्तै, अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी ( नेपालगञ्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमंग आचार्य (हेटौंडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी. अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज), दिपेश चौधरी (धनगढी), पिन्टु सान्याल ( विराटनगर), अशोक बिक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे ( विराटनगर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा) छन् ।

साथै, सुशान्तकुमार दास (राजविराज सप्तरी), प्रकाश चौहान (पथरी मोरङ), सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान ( विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आविष्कार खड्का ( बुटवल) सुभम बर्नवाल, अनिकेत प्रजापति (नेपालगञ्ज) छन् ।

सबै प्रतियोगी स्वमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणसहित फिनालेमा उत्रिदैछन् ।

शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछ । नेक्स्ट मोडल नेपालले वर्षेनी मिस्टर नेपालको आयोजना गर्छ । युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता सनठ २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?