+
+

आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न काठमाडौंमा आइपुगिन् भारतकी युवा राज्यमन्त्री

रासस रासस
२०८१ भदौ ८ गते १२:२२
८ भदौ, काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न उनी आज बिहान काठमाडौं आइपुगेकी हुन् ।
उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको  यात्रुवाहक बस सडकबाट करिब ३०० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए ।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?