+
+

मध्यपुर थिमीमा रातभर भैरवनाच ( तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ भदौ ८ गते १३:४०

१ भदौ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा शुक्रबार राति भैरव नाच देखाइएको छ ।

भैरव जात्राका दिन टोलबासीलाई भोज खुवाइ यो नाच देखाउने चलन छ ।

शुक्रबार राति सुरू भएको भैरव नाच मंगलबार रातभर देखाइएको थियो। यो नाँच हेर्न लायकूदेखि बालकुमारी मन्दिरसम्‍म स्थानीयको भीड लागेको थियो।

चपाचोबाट निकालिएको नाँच बालकुमारी मन्दिरको परिक्रमा गरी सोही स्थानमा नचाइन्छ । रातभरि सञ्चालन भएको भैरवनाच शनिबार बिहान मात्र अन्त्य भएको थियो ।

मल्लकालीन वंशावलीमा ‘मदये काम गा गू’ अर्थात नभई नहुने उल्लेख गरिएको नाचमा दुई भैरव, दुई दागी अर्थात देवी र ज्‍यापूको एक गरी पाँचजना व्‍यक्तिले देवताको मुकुण्डो धारण गरी नाँच प्रदर्शन गरिन्छ ।

भैरव नाचमा तान्त्रिक विद्या अनुसार भैरव, कुमारी र ज्यापू गोको मुकुण्डो लगाइ नाँच्‍नेहरुको शरीरमा दवीदेवता प्रवेश गर्छन् भन्‍ने विश्वास छ।

यसका साथै यो नाँच देखाएमा भूत, प्रेत र अनिष्ट हटेर जान्छ भन्‍ने जनविश्वास छ। परापूर्वकालमा थिमीमा भूत, प्रेतले निक्कै दु:ख दिएपछि भैरव नाच चनाउन थालिएको किंवदन्ती छ।

हेर्नहोस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?