+
+

लुम्बिनीमा वन मन्त्रालयले गर्‍यो १२४ कर्मचारीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १४:२२

८ भदौ,बुटवल । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना अधिकृतको एकै पटक सरुवा गरेको छ ।

वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले चौथो तहका फरेस्टरदेखि  अधिकृतस्तर आठौंसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन् ।

मन्त्रालयका अनुसार दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र कर्मचारी सरुवा भएका छन् । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति अनुसार अवधि पुगेका सबै कर्मचारीको सरुवा गरिएको लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कुर्मीले बताए ।

एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको उनको भनाइ छ ।

बन् मन्त्रालयको यो निर्णयबाट दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गर्न अन्य मन्त्रालयलाई पनि दबाब पुगेको मन्त्रालयका योजना प्रमुख केशव खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?