+
+

भ्रष्टाचार मुद्दामा हदम्याद हटाउन माग गर्दै नागरिक प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १४:४३

८ भदौ, काठमाडौं । भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै शनिबार बृहत नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नागरिकहरुले प्रदर्शन गरेका हुन्  । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ ।

सो विधेयकमा भ्रष्टाचार मुद्दामा कसुर थाहा पाएको ५ वर्षभित्र मात्र मुद्दा चल्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउन माग गर्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

त्यस्तै संघीय र प्रदेश मन्त्रिपरिषदले गरेका भ्रष्टाचारजन्य काम कारबाहीलाई अनुसन्धानको दायरामा ल्याउन पनि माग गरेका छन् । नागरिकले नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले रोकेपछि केहीबेर धकेलाधकेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?