+
+

कविता- पहिचान

सुरेश राई सुरेश राई
२०८१ भदौ ८ गते १६:१३

म बेनाम आएँ साथी
बेनाम आएर यस चोलामा
मैले केबल एउटै काम गरेँ
मुटुको केन्द्रबिन्दुदेखि
बीस ओटै औंलाका अन्तिम डिलसम्म
म एउटै भएँ साथी
म एउटै रहेँ
म एउटै भइरहेँ
म केबल एउटै हुन सकेँ
हो,
म बेनाम आएँ साथी
र गुमनाम प्रस्थान गरेँ

मैले प्रस्थान गरेको
१११४ वर्षपछि
उनीहरूले मेरो समाधि खोतले
मेरा मट्टी अवशेषहरुको
अध्ययन अनुसन्धान गरे

र नतिजामा ‘प्रेमी थियो’ लेखेको
साइनबोर्ड झुन्ड्याएर गए

धन्यवाद छ उनीहरूलाई
उनीहरूले मलाई चिनेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?