+
+

सुख्खा पहिरो खसेपछि पाल्पा बुटवल सडक बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १९:४२

८ भदौ, पाल्पा । शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा- बुटवल खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो।

ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका हवल्दार नवीन भण्डारीले जानकारी दिए ।

सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे पनि ढुंगासहितको पहिरो ठूलो भएको हुँदा सडक सञ्चालनमा ल्याउन चार/पाँच घण्टा लाग्ने भण्डारीले बताए ।

सडक अवरुद्ध हुँदा दुबै तर्फका सवारीसाधन बाटोमै रोकिएका छन् । अहिले पनि स साना ढुङ्गा खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या हुनसक्ने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?