+
+

माओवादीको टाउकोमाथि तरबार थियो, अब हट्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १७:४०

८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको बताएका छन् ।

शनिबार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितले गरेको कार्यक्रममा उनले माअ‍ोवादीको टाउकोमाथि झुुण्डिएको तरबार हटेको टिप्पणी गरे ।

‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, उनले भने ।

माओवादी सशस्त्र युद्ध सकिएको १८ वर्ष भइसक्दा पनि शान्ति प्रक्रियाको कामहरु पूरा भएको छैन । हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको संशोधन विधेयक पारित भएको छ ।

यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरु छानबिन अगाडि बढ्नेछ ।

प्रचण्डले अब माओवादी कसैले फुटाउन नसक्ने अरु फुटेर गएका माओवादीका टुक्राहरु पनि एक हुने बताए । ‘कसैले पार्टी फुटाउन सक्दैन, बरु फुटेर गकाहरु पनि आउँछन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?