+
+

एमाले केन्द्रीय कार्यालयको बैठक आइतबार बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १७:४४

८ भदौ, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक आइतबार बोलाएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बोलाइएको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयले सचिवालय बैठकका लागि एजेण्डा तय गर्नेछ । ‘केही दिनपछि सचिवालय बैठक बस्दैछ, सचिवालयका लागि एजेण्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बोलाइएको हो’, केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले भने ।

उनका अनुसार मंगलबारतिर सचिवालय बैठक बस्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?