+
+

‘सहकारी ठगी’को कथामा ‘राधा पियारी’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १७:४९

काठ्माडौं । लक्षरा फिल्म्सको प्रस्तुतिमा बनेको म्युजिक भिडियो ‘राधा पियारी’ युट्युवमा सार्वजनिक भएको छ । पल शाह र मलिका महतले केही वर्षको अन्तरालपछि यसमा सहकार्य गरेका छन् ।

बोल ‘राधा पियारी’ भएपनि गीतको भिडियोले सहकारी पीडितको कथा भन्छ जुन अहिलेको समसामयिक विषय पनि हो । डान्सिङ ट्रयाक शैलीको गीतले मनोरञ्जनसँगै पीडितको आवाज उठाएको छ ।

भिडियोमा पल र मलिका प्रहरीको भूमिकामा छन । सहकारीको नाममा सोझा-साझा जनतालाई ठगिरहेका व्यक्तिलाई यी पात्रले कसरी रोचक तरिकाले पक्राउ गर्छन् भन्ने प्रस्तुति यसमा छ ।

म्युजिक भिडियोको चर्चित जोडी पल र मलिकालाई हेर्न चाहनेका लागि यो गीत दर्शनीय हुनसक्छ । शान्तीश्री परियार र कृष्ण बिकेको आवाज रहेको बिकेकै शब्द र संगीत छ ।

भिडियोलाई जीबी अग्रले निर्देशन गरेका हुन् । नरेश बीसीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सन्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन । भिडियोमा अर्जुन तिवारीको छायांकन र सुपृम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?