+
+

पपस्टार जस्टिन बिबर र सुपरमोडल हेलीलाई पहिलो सन्तान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १८:०७

काठमाडौं । सुपरमोडल हेली र गायक जस्टिन बिबरले आफूहरुलाई पहिलो सन्तान प्राप्ति भएको घोषणा गरेका छन् ।

शनिबार बिहान इन्स्टाग्राममा बच्चाको खुट्टाको तस्वीर सेयर गर्दै जस्टिनले लेखेका छन्, ‘ज्याक ब्लुज बिबरलाई घरमा स्वागत छ ।’ उनले यो क्याप्सनमा बियरको इमोजी पनि उल्लेख गरेका छन् ।

हेलीले त्यही फोटो आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् र बच्चाको नाम, टेडी बियर र नीलो हार्ट इमोजिससहित क्याप्सन लेखेकी छन् ।

दम्पतीले बच्चा जन्मेको समयसहित थप विवरण उल्लेख गरेका छैनन् । ३० वर्षीय क्यानेडियन गायक र २७ वर्षीया मोडलले ६ वर्षअघि विवाह गरेका थिए । गत मे महिनामा आ-आफ्नो इन्स्टाग्राम पृष्ठमा फोटोको श्रृंखलामार्फत गर्भावस्थाको घोषणा गरेका थिए ।

 

View this post on Instagram

 

A post shared by Justin Bieber (@justinbieber)

सन् २०१० मा रिलिज भएको जस्टिनको हिट एकल गीत ‘बेबी’ले उनलाई स्टारडम प्रदान गरेको थियो । उनले दुईवटा ग्रामी अवार्ड जितेका छन् र आठवटा नम्बर–एक हिट गीत पस्किएका छन् ।

हेलीले स्किनकेयर ब्रान्ड रोडको स्थापना गरिन् । उनले गेस, राल्फ लरेन र टमी हिलफिगर जस्ता प्रमुख ब्रान्डको लागि मोडलिङ पनि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?