+
+

आँचलले थालिन् पूर्वेली सहरबाट ‘वर एण्ड वधु’को प्रवर्धन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १८:२३

काठमाडौं । भदौ १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर फिल्मको प्रवर्धन थालेको छ ।

निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, आँचल शर्मा र विवेक कर्माचार्य यो सिलसिलामा पूर्वेली सहर विर्तामोड, धरान, इटहरी र विराटनगर पुगे ।

ती सहरमा पत्रकार सम्मेलन पनि गरियो जहाँ फिल्मका सदस्यले यसबारे आफ्नो धारणा राखे । निर्देशक चाम्सले ‘वर एण्ड वधु’ फिल्मजस्तो फिल्म बनेको भन्दै दर्शकले उच्च क्यानभाससहित उत्कृष्ट फिल्म हेर्न पाउने बताए ।

यो फिल्मको छायांकन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको उनले बताए । अभिनेता केसीले दर्शकले यो फिल्मलाई साथ दिएको खण्डमा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गरे ।

उनले भने- ‘मैले काम गरेका सय बढी फिल्ममा यो १/२ नम्बरमा पर्छ । फिल्म हरेक कोणबाट उत्कृष्ट छ ।’ अभिनेत्री शर्माले ‘वर एण्ड वधु’ले दर्शकको आँखा शितल बनाउने दाबी गरिन् ।

फिल्ममा लभ, रोमान्स, कमेडी, धोका सबै कथावस्तु भएको भन्दै उनले दर्शकले पूर्ण प्याकेजको फिल्म हेर्न पाउने बताइन् । डेब्यु एक्टर विवेक कर्माचार्यले यो फिल्मबाट आफू फिल्म क्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गरे ।

निर्मात्री थापाले कथावस्तु मन परेकाले लगानी गरेको बताइन् । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ । मोफसल टुरका क्रममा विभिन्न कलेजमा पुगेको फिल्मको टिमलाई दर्शकले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?