+

पिनाकलले जित्यो अन्तर कलेज क्रिकेटको उपाधि

२०८१ भदौ  ८ गते १८:४६ २०८१ भदौ ८ गते १८:४६
पिनाकलले जित्यो अन्तर कलेज क्रिकेटको उपाधि

८ भदौ, काठमाडौं । अन्तर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ । हाइप यति इभेन्ट्सले आयोजना गरेको प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन ह्वाइट हाउसलाई ४ रनले पराजित गर्‍यो ।

चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा पिनाकलले दिएको ९९ रनको लक्ष्य हिमालयन ह्वाइट हाउस कलेजले पूरा १० ओभर ब्याटिङ गर्दा ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा हिमालयन ह्वाइट हाउसको लागि नितिश मोक्तानले सर्वाधिक ३८ र मोहम्मद रियाजले १८ रन बनाए । पिनाकलको बलिङमा अभिषेक थापाले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द फाइनल समेत घोषित भएका थापाले ३ ओभरमा २२ रन खर्चिए । यस्तै अपराजित पौडेलले २ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको पिनाकलले निर्धारित १० ओभरमा ४ विकेट क्षतिमा ९८ रन बनाएको थियो । पिनाकलको लागि अभिषेक थापाले सर्वाधिक २४, सन्देश खड्काले १८, हिमाल विष्टले १६ र अपराजित पौडेलले १३ रन बनाए । ह्वाइट हाउसका जीवन कार्कीले २ विकेट लिए ।

विजेता पिनाकल कलेजले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा पिनाकलले सिक्षान्तर कलेजलाई १२ रनले तथा हिमालयन ह्वाइट हाउसले एभीएस स्कुललाई २६ रनले पराजित गर्दै फाइनल पुगेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पिनाकल एकेडेमीका अभिषेक थापा घोषित भए । यस्तै उत्कृष्ट ब्याटर शिक्षान्तर कलेजका कृष शाही ठकुरी, उत्कृष्ट बलर पिनाकल एकेडेमीका अभिषेक थापा, यस्तै उत्कृष्ट फिल्डर हिमालयन ह्वाइट हाउसका नितिश मोक्तान घोषित भए ।

विजेता खेलाडीहरुले मुख्य प्रायोजक एईसीसी, क्यालीबर सुज, गोपाला फ्रेसोको तर्फबाट गिफ्ट ह्याम्पर, मेडल तथा सर्टिफिकेट पाए ।

विजेता खेलाडीहरुलाई नेपाल विद्यार्थी संघ काठमाडौंका अध्यक्ष मनिष डंगोल, ई-स्पोर्ट्स एसोसिएसन नेपालका सचिव अधिराज रेग्मी, नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सिना तथा मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्याय पुरस्कार प्रदान गरे ।

४ दिन सम्म चलेको प्रतियोगितामा ३२ वटा टिमहरुको सहभागिता रहेको थियो ।

अन्तर कलेज इन्डोर क्रिकेट क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय