+
+

‘रावायण’को ट्रेलर युट्युव ट्रेन्डिङको शीर्षस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १८:५०

काठमाडौं । भदौ २१ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘रावायण’को ट्रेलर फिल्म खण्डतर्फ युट्युव ट्रेन्डिङको शीर्षस्थानमा छ । रिलिजको दुई दिनमै यसलाई युट्युवमा १५ लाख पटक हेरिएको छ ।

निर्देशक सुदर्शन थापाले टिजर र गीतसँगै ट्रेलरमा पनि प्राप्त प्रतिक्रियाले आफूहरुलाई हौसला मिलेको बताए । ‘ट्रेलर रिलिजपछि त्यो हौसलामा बढोत्तरी भएको छ’ उनले भने, ‘१५ लाख भन्दा बढी दर्शक पाउनु भनेको अहिलेको अवस्थामा चानचुने कुरा होइन ।’

एक्सनप्रधान ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । अभिनेत्री पूजा शर्मालाई संचारकर्मीको भूमिकामा देखाइएको छ । अभिनेता पल शाहले दोहोरो भूमिका निर्वाह गरेका छन् ।

अन्तिम दृश्यमा पलका दुई चरित्रको द्वन्द्वलाई देखाइएको छ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् ।

फिल्ममा पल र पूजासहित प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्त श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?