+

९५औं मिनेटमा गोल खाएर म्यानचेष्टर युनाइटेड ब्राइटनसँग पराजित

२०८१ भदौ  ८ गते १९:५९ २०८१ भदौ ८ गते १९:५९
९५औं मिनेटमा गोल खाएर म्यानचेष्टर युनाइटेड ब्राइटनसँग पराजित

८ भदौ, काठमाडौं । इन्जुरी टाइममा गोल खाएपछि म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा शनिबार ब्राइटनसँग २-१ ले पराजित भएको छ ।

बराबरीतर्फ अग्रसर खेलको इन्जुरी समयको पाँचौ मिनेटमा जाआओ पेड्रोले विजयी गोल गरे ।

त्यसअघि डानी वेलब्याकले खेलको ३२औं मिनेटमा गोल गर्दै घरेलु टोली ब्राइटनलाई अग्रता दिलाएका थिए ।

तर ६०औं मिनेटमा युनाइटेडका अबमाद दियालोले बराबरी गोल फर्काए । ७०औं मिनेटमा युनाइटेडका जिर्कीले गोल गरेपनि भीएआरले मान्यता नदिँदा युनाइटेडले अग्रता लिने अवसर गुमाएको थियो ।

तर इन्जुरी टाइममा पेड्रोले गोल गरेपछि ब्राइटन ३ अंक जोड्न सफल भयो ।

लगातार दोस्रो जितपछि ब्राइटन दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नयाँ सिजन पहिलो खेलमा जित हात पारेको युनाइटेडको यो पहिलो हार हो ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय