+
+

कपिलवस्तुमा खोलामा डुबेर दुई जनाको मृत्यु

रासस रासस
२०८१ भदौ ८ गते २०:०४

८ भदौ, कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।

शनिबार फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्‍याइएकामा अस्पतालले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?