+
+

कैलालीमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु, ४ जना घाइते

जनक विष्ट जनक विष्ट
२०८१ भदौ ८ गते २०:१७

८ भदौ, धनगढी । कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।

शनिबार दिउँसो गौरीगंगा नगरपालिका-७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए ।

आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरुलाई शनिबार सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सर्पको टोकाईबाट बालिकाकी हजुरआमा ५५ वर्षकी रिजु घर्तीमगर घाइते भएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका भइरहेको छ ।

अरु ३ जना पनि घाइते

शनिबार सर्पकै टोकाइबाट कैलालीमा अरु तीन जना पनि घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-१ बस्ने १३ वर्षीय उपेन्द्र केसी, गौरीगंगा नगरपालिका- ५ का १४ वर्षीय हेम बोहरा र जोशीपुर गाउँपालिका-३ कि ३४ वर्षीया उर्मिला कठरिया घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरूमध्ये केसी र बोहराको सेती प्रादेशिक अस्पतालमा र कठरीयाको मसुरियास्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको एसपी विष्टले जानकारी दिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?