+

राष्ट्रिय एमेच्योर चेसमा पुरुषोत्तम र रिशोनलाई अग्रता

२०८१ भदौ  ८ गते २१:४४ २०८१ भदौ ८ गते २१:४४
राष्ट्रिय एमेच्योर चेसमा पुरुषोत्तम र रिशोनलाई अग्रता

८ भाद्र , मेचिनगर । नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब झापाको संयुक्त आयोजनामा भइरहेको छैटौं राष्ट्रिय एमेच्योर चेस प्रतियोगिताको २ हजार रेटिङ्ग मुनिको खेलमा पूर्व नेपाल च्याम्पियन १९३७ रेटेड सिएम र १८६२ रेटेड खेलाडी रिशोन थापाले तिन चरणको खेलमा सतप्रतिशत जित हासिल गर्दै तीन अंक अगाडि रहेका छन् ।

सिएम पुरुषोत्तम चौलागाईंले पहिलो चरणको खेलमा १८१० रेटेड विश्व विजय घिमिरेलाई, दोश्रो चरणमा १७९६ रेटेड निलम बस्नेतलाई र तेश्रो चरणको खेलमा पूर्व नेपाल च्याम्पियन १८८५ रेटेड सिएम नवीन तण्डुकारलाई पराजित गरेका हुन् ।

युवा खेलाडी रिशोन थापाले भने क्रमश: १७१४ रेटेड नारायण राई, महिला नेपाल च्याम्पियन १७०८ रेटेड सिन्दिरा जोशी र १८१७ रेटेड चुडामणि कुलुङ माथि जीत दर्ता गरेका छन्। भोलि चौथो चरणको खेलमा रिशोनले कालो गोटीवाट पुरुषोत्तम सँग प्रतिस्पर्धा गर्ने छन्।

एमेच्योर च्याम्पियन बनेर दुबईमा हुने एशियन एमेच्योर प्रतियोगितामा सहभागी हुने धुनमा रहेका १८९१ रेटेड बिकास मैनाली, पूर्व विजेता १८८५ रेटेड सिएम कृष्ण थापा र १८९६ रेडेट आशिष् फूँयाल दुई जित र एक बराबर खेल खेलि २.५ अंक जोडेर संयुक्त दोश्रो स्थानमा उभिएका छन्।

सोही समूहमा प्रतिस्पर्धा गरिरहेकी महिला नेपाल च्याम्पियन १७०८ रेटेड सिन्दिरा जोशीको खेल सन्तोषजनक रहन सकेन। सेप्टेम्बरमा हुन गइरहेको हंगेरी चेस ओलम्पियाड खेल्न ग्रायण्ड मास्टरसँग प्रशिक्षण लिएकी महत्त्वपूर्ण खेलाडी आफू भन्दा उच्च रेटेड पुरुष खेलाडीवाट पराजित भएकी छन्।

विश्व बुद्धिचाल महासंघको आयोजनामा हुने चेस ओलम्पियाड टोलिका १६८७ रेटड महिला खेलाडी पूजा भण्डारीले भने औसत खेल प्रदर्शन गरेकी छिन्। उनले १७०० रेटिङ्ग मुनि तेश्रो चरणको खेलमा युवा उदीयमान खेलाडी एरिना क्याण्डिडेड मास्टर माथि रोमाञ्चक जित गर्दा गरेकी छिने। यस्तै दोश्रो चरणको खेलमा अर्का युवा खेलाडी विष्णुलाल लिम्बूसँग बराबरी खेलेकी छिन्। पूजाको २.५ अंक बनेको छ।

१७०० रेटिङ्ग मुनि सम्पन्न भएको प्रतियोगिताको चौथो चरण पश्चात् १६९९ रेटेट खेलाडी रञ्जित राई, १६२६ रेटेड कपिल गुरुङ र १६४८ रेटेड खेलाडी शिव कुमार बिकले समान ४ अंक बनाउदै संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन्। यस्तै १६९४ रेटेट खेलाडी गोविन्दमान श्रेष्ठ र १५९८ रेटेड खेलाडी कृष्णप्रसाद सिग्देलले ३ जित र एक बराबर खेलवाट ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्।

प्रतियोगिताका प्रमुख निर्णायक सिनियर छैटौं राष्ट्रिय एमेच्योर चेस समूह ‘क’ को खेल ७ चरणको हुनेछ भने १७०० मुनिको समूह ‘ख’ को खेल ९ चरणको हुनेछ। ताम्राकारले १० गते सकिने प्रतिस्पर्धाका विजेता खेलाडीहरुले नगद र २ लाख ८२ हजार पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन्।

राष्ट्रिय एमेच्योर चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय