+
+

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ६:२५

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

११ गतेसम्म चल्ने बैठक आज बिहान ११ बजेदेखि थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरु हुने केन्द्रीय प्रचार समितिले जनाएको छ ।

बैठकमा शपथग्रहण, केन्द्रीय संरचना निर्माण, पार्टी पदाधिकारी चयनलगायतका एजेन्डामा छलफल हुनेछ ।

केही समय अगाडि केन्द्रीय सदस्यहरूको टुंगो लगाए पनि एकीकृत समाजवादीले महाधिवेशन भएको लामो समयसम्म पदाधिकारीको टुंगो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?