
कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शंकास्पद वस्तु ।
९ भदौ, कैलाली । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेकाे छ ।
धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय काेष नजिकै रहेकाे देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानाे झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।
उक्त वस्तु के हाे भन्ने कुरा नखुलेको र नेपाली सेनाकाे डिस्पोजल टाेलीलाई बाेलाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4