+
+

सुनकोशीमा खसेको गाडी भेटियो, मान्छे बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ६:४६
जिप खोज्न खटिएका सशस्त्र प्रहरी बलको गोताखोर ।

९ भदौ, काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । तर त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो । ‘गाडि त भेटियो तर मान्छे अझै भेटिएका छैनन्,’ एसपी काफ्लेले अनलाइनखबरसँग भने, ‘खोजी कार्य जारी छ ।’

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।

गाडिबाट हामफालेका सुशान्त कक्षपति मध्यम खालको घाइते छन् । उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ ।

जिप खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहेको र आफू पनि घटनास्थलतर्फ जान लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?