+

यामल र लेवान्डोस्कीको गोलमा बार्सिलोनाको लगातार दोस्रो जित

२०८१ भदौ  ९ गते ६:३५ २०८१ भदौ ९ गते ६:३५
यामल र लेवान्डोस्कीको गोलमा बार्सिलोनाको लगातार दोस्रो जित

९ भदौ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गरेको छ ।

नयाँ बार्सिलोनाको यो लगातार दोस्रो जित हो र त्यसका लागि युवा फरवार्ड स्टार लामिन यामल र भेट्रान परवार्ड रोर्ट लेवान्डोस्कीले गोल गरे ।

खेलको २४औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

४२औं मिनेटमा ओइहान सान्चेटले विल्वाओका लागि पेनाल्टीमा बराबरी गोल फर्काए ।

दोस्रो हाफमा बार्सिलोनाले एक गोल थप्यो । ७५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्द बार्सिलोनालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल भएन र बार्सिलोनाले ३ अंक जोड्यो ।

लगातार दुई जितपछि ६ अंक जोडेर बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । दुई खेल नै जितेर समान ६ अंक जोडेको सेल्टा भिगोल गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ ।

नयाँ सिजनमा बार्सिलोना र सेल्टाले मात्र शतप्रतिशत जित हात पारेका छन् । रियल भाल्लाडोलिडले पनि खेलेको एक मात्र खेल जितेको छ ।

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय