+

प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो जित

२०८१ भदौ  ९ गते ६:४० २०८१ भदौ ९ गते ६:४०
प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो जित

९ भदौ, काठमाडौं  । आर्सनलले प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्लाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

एस्टन भिल्लाको मैदान भिल्ला पार्कमा भएको खेलमा आर्सनलक लागि लियोन्ड्रो ट्रोसार्ड र थोमस पार्टेले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा आर्सनलले दुई गोल गर्‍यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ट्रोसार्डले ६७औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि ७७औं मिनेटमा पार्टेले आर्सनलका लागि दोस्रो गोल गरे ।

लगातार दोस्रो जितपछि आर्सनलले म्यानचेष्टर सिटी र ब्राइटनस समान ६ अंक जोडेको छ । तर, गोल अन्तरमा आर्सनल ती दुई टोलीभन्दा पछि रहँदै तेस्रो स्थानमा छ ।

आर्सनल प्रमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय