+
+

रामेछापमा पहिरो : ३ घरमा क्षति, २ को मृत्यु, केही बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ८:१३

९ भदौ, काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । केही व्यक्ति बेपत्ता छन् ।

पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ ।

उनका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।

‘नजिकका प्रहरी टोली घटनास्थल पुग्दा दुई जनाको शव भेटिएको छ,’ प्रहरी इन्सपेक्टर न्यौपानेले अनलाइनखबरसँग भने, ‘केही व्यक्तिहरु बेपत्ता छन् । तर मृतक र वेपत्ताको परिचय खुल्न बाँकी छ ।’

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थल प्रस्थान गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?