+
+

संस्थागत क्षमता स्वमूल्यांकनमा मधेशमा औरही गाउँपालिका प्रथम

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ७:३७

९ भदौ, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मधेश प्रदेशमै प्रथम भएको छ ।

संस्थागत क्षमता स्वमूल्यांकनमा मधेश प्रदेशको १३६ पालिकामध्ये धनुषाको औरही गाउँपालिका कार्यालय ८३.७५ अंक ल्याएर प्रथम भएको हो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ६ भदौमा आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजा सार्वजनिक गरेको हो । जसमा मधेश प्रदेश अन्तर्गत धनुषाको औरही प्रथम भएको छ भने बाराको कलैया उपमहानगरपालिका ८१.२ अंकिहपत दोस्रो भएको छ । यसैगरी रौतहटको गौर नगरपालिका ८० अंकसहित तेस्रो भएको छ ।

यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिका ७९.२५ अंक पाएर चौथाे स्थान हासिल गरेको छ । यस्तै बाराको परवानीपुर गाउँपालिका ७८.२५ पाएर पाँचौं भएको छ भने सिरहाको सिरहा नगरपालिका ७७.७५ अंक पाएर छैठौं स्थानमा रहेको छ ।

यी बाहेक मधेश प्रदेशका अन्य १३१ वटै पालिकाहरु कम अंक प्राप्त गरेको नतिजामा उल्लेख छ ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयगत क्षेत्रहरु छन् । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय ।

विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । अंक प्राप्त गर्न स्थानीय तहले आवश्यक सबै कागज/प्रमाण राखेर निरन्तर सूचक भरिराख्नु पर्ने हुन्छ ।

समान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यप्रकृया तथा उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान, आवधिक समीक्षाको आधार प्राप्त र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण गरी अन्तिम नतिजा प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?