+
+

गंगालाल अस्पताल अगाडि चिया बेच्नेलाई नगरप्रहरीले गरे लछारपछार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ९:३८

९ भदौ, काठमाडौं । काठमाडौंका नगर प्रहरीहरुले बाटो किनारमा बसेर चिया बेच्ने एक व्यक्तिलाई लछारपछार गरेको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सन्जालमा भाइरल भइरहेको सो भिडियोमा आधा दर्जन बढी नगर प्रहरीहरु मिलेर एक व्यक्तिलाई जबरजस्ती भ्यानमा कोच्न खोजिरहेको देखिन्छ । ती व्यक्तिले ‘ऐया ! ऐया !!’ भनेको पनि सुनिन्छ ।

सामाजिक सन्जाल प्रयोगकर्ताहरुका अनुसार सो भिडियो बाँसबारीस्थित गंगालाल मुटु रोग अस्पताल अगाडिको सडकको हो र नगर प्रहरीले एकजना चिया बिक्रेतालाई लछारपछार गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने सो भिडियोको वास्तविकताबारे बुझ्न नपाएको बताए । ‘मैले पनि भिडियो हेरेँ, त्यो घटना के हो ? ड्युटीमा को थियो भन्नेबारे बुझ्दै छु,’ पाण्डेले भने ।

सडक र बजार व्यवस्थित बनाउने नाममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथमा बसेर व्यापार गर्नेहरुलाई अमानवीय व्यवहार गरेका घटना बेलाबेला सार्वजनिक हुने गरेका छन् ।

यसअघि साइकलमा डुलाएर आँप बेचिरहेका मधेशी मूलका व्यक्ति, सडक किनारमा मकै पोलिरहेकी महिला, थापाथलीमा चिया बेचिरहेकी महिलाका सामान अमानवीय ढंगले खोसिएका भिडियोहरु सार्वजनिक भएका थिए ।

यस्ता घटनापछि केही व्यक्तिहरुले नगर प्रमुख बालेन साहविरुद्ध विरोध प्रदर्शन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?