+
+

कांग्रेस सभापति देउवा निवास अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ९:१८

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।

नेपाली सेनाको तेघरी ब्यारेक अत्तरियाको बम डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराका अनुसार शंकास्पद झोलाभित्र माटो र माटोमुनि एउटा भाँडो भेटिएको थियो । तर, उक्त वस्तु विस्फोटक भए–नभएको बारेमा भने खुलेको छैन ।

आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।

स्थानीयले त्यो विस्फोटक पदार्थ पनि हुनसक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?