+
+

सेती नदी कटानले सतीघाट पुग्न समस्या

रासस रासस
२०८१ भदौ ९ गते ९:२२

९ भदौ, गण्डकी । सेती नदीको कटानले पोखरा महानगरपालिका–३२ स्थित सेतीघाटमा बाटो भत्किँदा समस्या भएको छ । पुस्तौंदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो ।

घाटसम्मको बाटोलाई विगत दुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । ‘घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो’, उनले भने, ‘नदी कटानले बाटोको धेरै भाग भत्किएको छ ।’

वडामा बाढी नियन्त्रणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उनले घाटसम्मको आवतजावत सहज बनाउन धेरै रकम चाहिने जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?