+
+

सर्लाहीमा क्रसरले खनेको खाल्डोमा डुबेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १०:३७

९ भदौ, जनकपुरधाम । सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका१७ वर्षीय निशान्त थापामगर छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार शनिबार दिउँसो निशान्त साथीहरुसित पौडी खेल्न गएका थिए । इश्वरपुर नगरपालिका ५ फुलजोर खोलाको पूर्वी किनारमा स्थानीय मंगल महतोको जग्गामा क्रसरले खनेको खाल्डोमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

ठूलो खाल्डोमा डुब्दा उनको शव खोज्न प्रहरीलाई सकस परेको थियो । सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर टोली शव फेला पारेर निकालेको थियो ।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?