
९ भदौ, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यसअघि भदौ ५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १८५० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4