+
+

यो हो एसियाकै धनी गाउँ : १७ वटा बैंक, अर्बौं बचत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ११:२१

गुजरात भारतको शीर्ष औद्योगिक गन्तव्यमध्ये एक हो । यो राज्यले भारतका कैयन् उद्योगपतिहरुलाई जन्माएको छ । तर, यो समृद्धि गुजरातको केवल सहरी क्षेत्रमा मात्रै सीमित छैन । एसियाकै सबैभन्दा धनी गाउँ गुजरातमै रहेको छ ।

गुजरातको कच्छस्थित मधापरलाई एसियाकै सबैभन्दा धनी गाउँ भनिन्छ । यो गाउँका बासिन्दाहरुसँग कुल ७० अर्ब भारु रकम बचत रहेको छ । यसबाट पनि यो गाउँ कति धनी छ भन्ने कुराको अनुमान गर्न सकिन्छ ।

गाउँमा छन् १७ बैंक, अरुले पनि खोल्दैछन् शाखा

मधापुरका बासिन्दा अधिकांश पटेल समुदायका छन् । गाउँको जनसंख्या करिब ३२ हजार रहेको छ । गाउँमा विभिन्न १७ वटा निजी तथा सरकारी बैंकका शाखा छन् । जुन कुनै पनि गाउँका लागि सामान्य होइन । त्यसका साथै अन्य धेरै बैंकहरुले त्यहाँ आफ्नो शाखा खोल्ने प्रयास गरिरहेका छन् ।

गाउँ धनी हुनु पछाडिको कारण के ?

गुजरातको यो गाउँ यतिधेरै धनी हुनुको कारण चाहिं त्यहाँका गैरआवासीय भारतीय नागरिकहरु हुन् । उनीहरुले परिवारको लागि विदेशबाट पठाएको ठुलो रकम गाउँमा बसोबास गर्ने परिवारजनले बैंकमा जम्मा गर्दछन् ।

बर्सेनि करोडौं भारु गाउलेले जम्मा गर्ने गरेका छन् । गाउँमा करिब २० हजार घर छन् तर करिब १२०० परिवार विदेशमा बस्दछन् । अधिकांश परिवारका सदस्यहरु अफ्रिकी देशहरुमा रहेका छन् ।

मध्य अफ्रिकी देशहरुमा निर्माण व्यवसायमा गुजरातीहरुको कब्जा रहेको छ । यो गाउँका कतिपय मानिसहरू बेलायत, अष्ट्रेलिया, अमेरिकी, अमेरिका तथा न्युजिल्याण्डमा पनि बस्दछन् । कुनै-कुनै परिवारका सबै सदस्यहरु विदेशमा भए पनि गाउँमा रहेका बैंकका शाखामा खाता खोलेर त्यहीँ पैसा जम्मा गर्ने गरेका छन् ।

गाउँमा रहेको एक बैंकका अधिकारीहरुका अनुसार बैंकको मुद्दति खातामा रहेको ठुलो परिमाणको बचतका कारण गाउँ निकै धनी बनेको हो ।

यो गाउँमा पानी, सरसफाइ तथा सडक जस्ता सबै आधारभूत सुविधाहरु रहेका छन् । मानिसहरु समृद्ध तथा सुखी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?