+
+

एक्सका शेयरधनीहरूको नाम सार्वजनिक, यस्तो छ सूची

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ११:३८

कम्पनीका पूर्वकर्मचारीहरुले अदालतमा मुद्दा हालेपछि सोसल मिडिया प्लेटफर्म एक्सले आफ्ना शेयरधनीहरूको नाम सार्वजनिक गर्न बाध्य भएको छ ।

साविकको ट्वीटर कम्पनी एलन मस्कले खरिद गरेसँगै कानुनी लडाइँमा गएका पूर्वकर्मचारीहरूले मध्यस्थता शुल्क भुक्तानीको माग गर्दै अदालतमा गएका थिए ।

यसयघि एक्स तथा यसका मुख्य मालिक एलन मस्कले कम्पनीका लगानीकर्ताहरुको नाम गोप्य राखेका थिए ।

नियमित प्रक्रिया र कम्पनीको नीत अनुसार लगानीकर्ताहरुको नाम गोप्य राखिएको जिकिर गर्दै आएकोमा क्यालिफोर्नियास्थित संघीय अदालतका न्यायाधीशको आदेशमा ती सबै शेयरधनीहरूको सूची सार्वजनिक गरिएको हो ।

जस अनुसार एक्स कम्पनीमा करिब १०० जना लगानीकर्ताहरू रहेका छन् । जसमध्ये ट्वीटर कम्पनीभित्रैका तथा लगानी जगतका परिचित नामहरू छन् ।

यसअिघ फिडेलिटी जस्ता हाइप्रोफाइल लगानीकर्ताहरू एक्ससँग जोडिंदै आएका थिए । पछिल्लो रिपोर्टले पनि एक्सको स्वामित्वमा विभिन्न लगानी दिग्गजहरुको संलग्नता रहेको देखाएको छ, जसमा फिडेलिटीसँग सम्बन्धित करिब ३० प्रतिशत छुट्टै संस्थाहरुको एक्समा हिस्सेदारी रहेको छ ।

यसै हप्ता सार्वजनिक कागजातले कम्पनीका केही नाम नसुनिएका लगानीकर्ताहरू पनि सार्वजनिक गरेको छ ।

फर्च्युन म्यागेजिनले सार्वजनिक गरेको उक्त सूचीले पेर्सिंग स्क्वाएर फाउन्डेसन कम्पनीले पनि एक्समा लगानी गरेको देखाएको छ ।

यो कम्पनी अर्बपति बिल एकम्यानले करिब २० वर्षअघि स्थापना गरेको एक होल्डिंग्स कम्पनी मातहत छ ।

एकम्यान सोसल मिडिया प्लाटफर्म एक्सका निकै ससक्त प्रयोगकर्ता हुन् । उनले अन्य हाइप्रोफाइल व्यक्ति तथा संस्थाहरूलाई सम्बोधन गर्नका लागि पनि एक्सकै प्रयोग गर्ने गरेका छन् ।

यसैगरी एक्सका अन्य शेयरधनीको सूचीमा ओरेकलका संस्थापक ल्यारी एलिसन पनि रहेका छन् । त्यस्तै सिन कोम्ब्स क्यापिटलले पनि एक्समा लगानी गरेको देखिएको छ । जसमा अमेरिकी र्‍यापर पुफ डिडीको लगानी रहेको छ ।

मस्कले केही शाही नामहरूलाई पनि एक्समा आकर्षित गर्न सफल भएका छन् । त्यसमा साउदी अरबका राजकुमार अलवालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद रहेका छन् ।

करिब १९ अर्ब डलर कुल सम्पत्ति रहेका साउदी राजकुमारको फोर सिजन र साभीजस्ता लक्जरी होटलका साथै राइड शेयरिंग कम्पनी लिफ्ट जस्ता कम्पनीहरुमा पनि लगानी रहेको छ ।

रिपोर्ट अनुसार एलन मस्कको नेतृत्वको आलोचना गरेता पनि पूर्वसीईओ ज्याक डोर्सीले समेत कम्पनीमा आफ्नो शेयर कायमै राखेका छन् ।

त्यस्तै ड्यानिलो कावासाकी र रोस गेर्बरको पनि एक्समा व्यक्तिगत लगानी रहेको छ । त्यस्तै सिलिकन भ्यालीका भेन्चर क्यापिटल कम्पनीहरु एन्ड्रेसेन, एट भिसी तथा सेक्विया लगायतको पनि एक्समा शेयर स्वामित्व रहेको पुष्टि भएको छ ।

त्यस्तै एलन मस्क स्वयंले आफ्नो एलन मस्क रिभोकेवल ट्रस्टमार्फत् एक्समा लगानी गरेका छन् ।

यद्यपि कम्पनीमा एलन मस्क र अन्य लगानीकर्ताहरुको शेयर हिस्सा कति हो ? भन्ने चाहिं खुलेको छैन ।

स्मरण रहोस् एलन मस्कले सन् २०२२ मा ट्वीटर (एक्स) कम्पनी ४४ अर्ब डलरमा खरिद गरेका थिए।

यस्तो छ एक्सका शेयरधनीहरुको पूर्ण सूची 

  • 8VC Opportunities Fund II, L.P.
  • ADREM X LLC
  • ADREM Y LLC
  • Afshar Partners, LP
  • Andrea Stroppa
  • Andreessen Horowitz LSV Fund III, L.P.
  • Anthem Ventures, LLC
  • ARK Venture Private Holdings LLC
  • BAMCO, Inc.
  • Bandera Fund LLC
  • Baron Opportunity Fund
  • Baron Partners Fund
  • Binance Capital Management Co., Ltd
  • BrookfieldProject X L.P.•CCM 2020 Investments LLC
  • Cheng and Chen Family Trust
  • CNK Fund IV, L.P.
  • Danilo Kawasaki
  • Dayton Family Enterprises, LLC
  • Dayton Family Investments, LLC
  • DFJ GROWTH IV, L.P.
  • DFJ GROWTH IV PARALLEL FUND, LLC
  • DFJ GROWTH X-I, L.P.
  • Eden Relationship Capital L.P.
  • Elon Musk as Trustee of the Elon Musk Revocable Trust dated July 22, 2003
  • FIAM TargetDate Blue Chip Growth Commingled Pool By: Fidelity InstitutionalAsset Management Trust Company as Trustee
  • Fidelity Blue Chip Growth Commingled Pool By: Fidelity Management TrustCompany, as Trustee
  • Fidelity Blue Chip Growth Institutional Trust By its manager Fidelity InvestmentsCanada ULC
  • Fidelity Canadian Growth Company Fund by its manager Fidelity InvestmentsCanada ULC
  • Fidelity Central Investment Portfolios LLC: Fidelity U.S. Equity Central Fund -Communication Services Sub
  • Fidelity Contrafund: Fidelity Advisor New Insights Fund – Sub A
  • Fidelity Contrafund: Fidelity Advisor New Insights Fund – Sub B
  • Fidelity Contrafund: Fidelity Contrafund•Fidelity Contrafund: Fidelity Contrafund K6
  • Fidelity Contrafund: Fidelity Series Opportunistic Insights Fund
  • Fidelity Contrafund Commingled Pool By: Fidelity Management Trust Company,as Trustee
  • Fidelity Destiny Portfolios: Fidelity Advisor Diversified Stock Fund
  • Fidelity Global Growth and Value Investment Trust – Sub A By its manager Fidelity InvestmentsCanada
  • Fidelity Global Innovators Investment Trust by its manager Fidelity InvestmentsCanada ULC
  • Fidelity Growth Company Commingled Pool By: Fidelity Management TrustCompany, as Trustee
  • Fidelity Insights Investment Trust By its manager Fidelity Investments CanadaULC
  • Fidelity Mt. Vernon Street Trust: Fidelity Growth Company Fund
  • Fidelity Mt. Vernon Street Trust : Fidelity Growth Company K6 Fund
  • Fidelity Mt. Vernon Street Trust: Fidelity Series Growth Company Fund
  • Fidelity OTC Commingled Pool By: Fidelity Management Trust Company, as Trustee
  • Fidelity Puritan Trust: Fidelity Puritan Fund – Equity Sub B
  • Fidelity Puritan Trust: Puritan K6 Fund – Equity Subportfolio•Fidelity Securities Fund: Fidelity Blue Chip Growth Fund
  • Fidelity Securities Fund: Fidelity Blue Chip Growth K6 Fund
  • Fidelity Securities Fund: Fidelity OTC K6 Portfolio
  • Fidelity Securities Fund: Fidelity OTC Portfolio
  • Fidelity Select Portfolios : Select Communication Services Portfolio•G64 Ventures LLC
  • Gerber Kawasaki Inc.
  • GFNCI LLC
  • Gigafund 0.21, LP
  • Glacier Ventures LLC
  • Go Mav, LLC
  • HRH Prince Alwaleed Bin Talal Bin Abdulaziz Alsaud
  • HRH Prince Alwaleed Bin Talal Bin Abdulaziz Alsaud
  • IMG US, LLC
  • Jack Dorsey Remainder LLC
  • Jack Dorsey Tr Ua 12/08/2010 Jack Dorsey Revocable Trust
  • Kingdom Holding Company
  • Lawrence J. Ellison Revocable Trust
  • Linda Ye and Robin Ren Family Foundation
  • Litani Ventures•Luchi Fiduciaria SR POS. 365
  • Manhattan Venture Partners X LLC
  • Mirae Asset Innovation X ONE, LLC
  • Mirae Asset Project X Fund I, LP•Olivier Janssens
  • Q Tetris Holding LLC
  • Ross Gerber
  • Santo Lira LLC
  • SC CDA1 LLC
  • SCGE Fund, L.P.•SCGGF III – U.S./India Management, L.P.
  • SCHF (M) PV, L.P.
  • Scott Nolan
  • SC US/E Expansion Fund I Management, L.P.
  • Sean Combs Capital, LLC
  • Sequent (Schweiz) AG as Trustee of the Debala Trust
  • Sequioa Capital Fund, L.P.
  • Series N Dis, a series of Atreides Special Circumstances Fund, LLC
  • Shahidi Tactic Group, LLC
  • Steve Davis
  • T. One Holdings LLC
  • The Pershing Square Foundation
  • TM33 Partner Holdings
  • Tresser Blvd 402 LLC
  • UnipolSai S.P.A.
  • Variable Insurance Products Fund II: VIP Contrafund Portfolio – Subportfolio A
  • VYC25 Limited
  • X Holdings I Investment, LLC
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?