+
+

‘सानो संसार’ असोज ११ गते रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते ११:३२

काठमाडौं । अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘सानो संसार’ अब असोज ११ गते (सेप्टेम्बर २७)मा मात्र प्रदर्शनमा आउने भएको छ । पूर्वनिर्धारित प्रदर्शन मितिमा हेरफेर गर्दै निर्माताले नयाँ मिति घोषणा गरेका हुन् ।

यसअघि असोज १७ गते घटस्थापनामा फिल्म ल्याउने तयारी थियो । यो फिल्मको निर्माता र ब्यानरमा अब चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्ले र उनको ब्यानर प्रिन्सेस मूभिज पनि जोडिएको छ ।

अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले अब यो फिल्मलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् । यो फिल्मबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले फिल्म अभिनयमा डेब्यु गर्दैछिन् ।

फिल्ममा तिमिल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् । सिद्धार्थ पुडासैनी निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?