
फाइल तस्वीर ।
९ भदौ, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । सिंहदरवारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल गर्ने कार्यसूची छ ।
यसअघि समितिले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरू र उद्योगीहरुसँग समेत छलफल गरेको थियो ।
गत साउन १८ गते सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपूर्ति गरेको बिजुलीको टिओडी मिटरको डाटा माग गरेको थियो ।
विद्युत प्राधिकरणबाट प्राप्त टिओडी मिटरको डाटाको अध्धयनका आधारमा निष्कर्षमा पुग्न लागिएको समिति सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4