+
+

कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १३:०६

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकले प्रदान गर्ने सेवामा विशेष छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ ।

डेन्टल क्लिनिकबाट सेवा लिए वापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?