+
+

श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने भारतीय महिला

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १३:२४

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरलाई यतिबेला एकपछि अर्को सफलताले पछ्याइरहेको छ । पछिल्लो रिलिज फिल्म ‘स्त्री २’ पछि उनी सुपरस्टारको श्रेणीमा उभिएकी छन् ।

इन्स्टाग्राममा पनि उनको एकपछि अर्को रेकर्ड कायम छ । गत साता उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पारिन् ।

प्रधानमन्त्री मोदीपछि श्रद्धा इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाउने दोस्रो भारतीय बनेकी छिन् । उनी इन्स्टाग्राममा धेरै पछ्याइने भारतीय महिला समेत बनिन् । उनलाई ९२.१ मिलियनले पछ्याएका छन् ।

यो मामिलामा उनले अर्की भारतीय अभिनेत्री प्रियंका चोपडालाई समेत उछिनेकी छन् । ‘स्त्री २’ को सफलतापछि श्रद्धाका फलोअर्स ह्वात्तै बढेका छन् । अहिलेसम्म प्रियंका यो मामिलामा अन्य स्टारभन्दा अघि थिइन् ।

भारतीय क्रिकेटर विराट कोहली २ करोड ५० लाख फलोअर्सका साथ सबैभन्दा अगाडि छन् । ‘स्त्री २’ रिलिज हुनुअघि इन्स्टाग्राममा श्रद्धाका २५ लाख फलोअर्स थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?