+
+

बिसे नगर्चीबारे लेखिएको पुस्तक प्रकाशन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १३:३५

९ भदाै, विराटनगर । पृथ्वीनारायण शाहको सल्लाहकारको भूमिकामा रहेका बिसे नगर्चीको बारेमा लेखिएको पुस्तक प्रकाशन भएको छ । लेखक दीपेन्द्रराज तिम्सिनाले नगर्चीको बारेमा खोज, अनुसन्धान गरी ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशन गरेका हुन् ।

तिम्सिनाले उनका परिवार र जन्मस्थल गोरखामा अध्ययन गरी उनको इतिहास प्रकाशन गरेकाे जानकारी दिए ।

बिसे नगर्ची सन्तानलाई तत्कालीन सरकारले दिएको सनदपत्र, लालमोहरलगायत सामग्रीको अध्ययन गरी पुस्तक प्रकाशन गरेको लेखक तिम्सिनाले बताए । विभिन्न समयका दस्तावेजमा बिसेले नुवाकोटमा २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सही समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास छ ।

नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर त्यसबेला राज्यकोषमा पैसा थिएन । त्यसबेला दरबारमा नगरा बजाउने बिसे नगर्चीले पृथ्वीनारायण साहलाई गोरखामा बस्ने सबै घरधुरीबाट सहयोग संकलन गर्न सल्लाह दिएका थिए । साेही सल्लाहकाे आधारमा पैसा उठाएर उनले हतियार जाेहाे गरेका थिए ।

राज्य एकीकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो भन्ने विषयमा अध्ययन गरेको तिस्मिनाले बताए । बिसेको जन्म विसं १७४६ र मृत्यु विसं १८२८ मा भएको उल्लेख छ । बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका थिए । याे पुस्तक तिम्सिनाको लेखेको यो १२ औंं पुस्तक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?