+
+

आकर्षक डिजाइन र फिचरले चर्चा कमाइरहेको ‘दिपल’ ईभी

आकर्षक डिजाइन र फिचरका कारण चर्चा पाइरहेको पछिल्लो ईभी हो– ‘दिपल एस०७’ । काठमाडौं नक्सालमा रहेको एमएडब्लू ग्रुपले दिपल एस०७ बिक्री गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते २०:०५

काठमाडौं । नेपालमा अहिले नयाँ गाडी किन्ने भन्नासाथ दिमागमा आउने विद्युतीय गाडी (ईभी) नै हो । पछिल्लो समय ईभीले लिइरहेको बजारले पनि यसलाई पुष्टि गर्छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) महासंघ अनुसार पछिल्लो समय चार पाङ्ग्रे गाडीमा ईभीको माग उच्च छ ।

आकर्षक डिजाइन र फिचरका कारण चर्चा पाइरहेको पछिल्लो ईभी हो– ‘दिपल एस०७’ ।

काठमाडौं नक्सालमा रहेको एमएडब्लू ग्रुपले दिपल एस०७ बिक्री गरिरहेको छ । ग्रुपका सिनियर सेल्स अफिसर राकेश विश्वकर्माका अनुसार अहिले दिपल मनपराउनेको संख्या बढिरहेको छ ।

‘दिपल ठिक्क मूल्यमा आकर्षक र सुविधाजनक ईभी भएकाले अहिले यसमा आकर्षण देखिएको हो,’ उनी भन्छन् ।

दिपलका विशेषता

दिपल एस०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४ सय १० किलोमिटर रेन्ज (डब्लूएलटीपी) दिन्छ ।

अटोमोबाइल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर छन् ।

संगीत, फोन कल र फोटो खिच्ने लगायत फङ्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’ का माध्यमबाट हातको संकेतले कमान्ड लिन सक्छ । साथै, यसमा ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ (एआर एचयूडी) छ । यसले ‘रियल टाइम नेभिगेसन’ लगायत महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहजमात्र बनाउँदैन, सुरक्षित पनि बनाउँछ ।

त्यस्तै क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ छ, जुन टचस्क्रिन ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैं फर्किन्छ । दिपल एस०७ मा ‘वेलकमिङ सिट’ पनि छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसन आफैं मिलाइदिन्छ ।

दिपलमा पछाडिमात्र होइन, अगाडि बोनेटमा पनि सामान राख्न १ सय २५ लिटरको ‘फ्रंक’ स्पेस छ । यसमा रहेको २० इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन, यसको पर्फर्मेन्समा पनि सुधार ल्याउँछ ।

त्यस्तै नेपालमै पहिलो पटक दिपल एस०७ मा अन्य कुनै पनि ईभीमा नभएको चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ, जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ ।

दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ ले यो ई–एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ बलियो बनाएको छ । साथै, यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’ सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन् ।

कारभित्रको वातावरण ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट शो’ जस्ता ‘इन्टिलिजेन्ट सिनारियो मोड’ छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एडजस्ट’ गर्न मिल्ने र ‘सनसेड’ खोल्न र बन्द गर्न सकिने टचस्क्रिन छ ।

सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टर्‍याक्टिभ एडप्टिभ क्रुज कन्ट्रोल’ सहित ‘इन्टिलिजेन्ट एडास २.५’, ६ वटा एयरब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्ट्यान्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहित ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्र्याक्स वार्निङ’ लगायत फिचर छ ।

नेपालमा दिपल एस०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो ६ आकर्षक रङमा उपलब्ध हुनेछ ।

सेल्स अफिसर विश्वकर्माका अनुसार २० प्रतिशत डाउन पेमेन्टमा दिपलले फाइनान्सको सुविधा समेत दिएको छ । फाइनान्स सुविधा ५ वर्ष र ७ वर्षको छ ।

नाडामा आउँदै छ दिपलको प्रिमियम ईभी ‘एल०७’

११ भदौदेखि सुरु हुने नाडा अटो शोमा दिपलको प्रिमियम ईभी सार्वजनिक गर्ने भएको छ । चाँगान नेपालले दिपल एल०७ प्रिमियम ईभी सार्वजनिक गर्ने भएको हो । डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस भन्न सकिन्छ ।  फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टम सहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ ।

पानारोमिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?