+
+

राष्ट्रिय जनमोर्चाले भदौभरि संघर्षका कार्यक्रम गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १४:२७
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।

९ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीको उद्देश्य राखेर संघर्षका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।

आम निर्वाचन भएको डेढ वर्ष नपुग्दै केन्द्रमा तीनवटा सरकार र प्रदेशमा २१ जना मुख्यमन्त्री फेरिएका भन्दै राष्ट्रिय जनमोर्चाले यो राजनीतिक अस्थिरताले गणतन्त्रात्मक प्रणालीप्रति नै असन्तोष बढिरहेको बताएको छ ।

सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचारमा वृद्धि भएको र भ्रष्टाचारीलाई जोगाउन सत्तारुढ दलहरूका बीचमा प्रतिस्पर्धा नै चलेको राष्ट्रिय जनमोर्चाको धारणा छ ।

त्यस्तै नेपालमा स्थापित धर्मनिरपेक्षतालाई खत्तम गर्ने षड्यन्त्र भइरहेको र सङ्घीयताले साम्प्रदायिक तथा क्षेत्रीय विद्वेष फैलाउने खतरा बढेको पनि राजमोले उल्लेख गरेको छ ।

यी विषयमा जनचेतना जगाएर आन्दोलनलाई सुदृढ गर्नुपर्ने आवश्यकता भएकाले राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम गर्न लागेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?