+
+

पदाधिकारी सर्वसम्मत चुनौं: खनाल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १५:१९
फाइल फोटो ।

१० भदौ, काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले पदाधिकारीहरु सर्वसम्मतिबाट चुन्नुपर्ने बताएका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले महाधिवेशनको म्याण्डेट सर्वसहमति भएको बताए । सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय दूरदर्शीतापूर्ण भएको र यसले पार्टीलाई एकतावद्ध बताएको खनालको दाबी छ ।

‘१८४७ प्रतिनिधिबाट केन्द्रीय कमिटी त सर्वसम्मत चुन्यौं भने १८ जना पदाधिकारी निर्वाचित गर्न फेरि निर्वाचनमा जानु पर्ला ?’ उनले भने, ‘सहमतिबाटै गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’

सर्वसम्मत पदाधिकारी कसरी चुन्न भनेर आधार र नीति बनाउनुपर्ने उनले बताए । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष चार उपमहासचिव र ७ सचिव चुन्नुपर्ने भन्दै उनले भने, हिजाकै यथावत गर्ने हो कि केहीलाई बिदा र केहीलाई माथिल्लो पदमा लैजाने कि ?’

नेता खनालले ‘म होइन, योग्यतम् साथीलाई कसरी जिम्मेवारी दिने’ भन्ने प्राथमिकता दिन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् । साथै अब जिम्मेवारी लिएका नेताहरु कार्यक्षेत्रमा अनिवार्य जार्नैपर्ने बताए ।

तीन महिनामा कामको रिपोर्ट बुझाउने र केन्द्रले अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने भन्दै उनले भने, ‘दिएको दायित्व निर्वाह गर्न सकेन वा चाहेन भने आदरपूर्वक सल्लाहकार समितिमा पठाउनुपर्छ ।’

एमालेमा साढे ३ लाख सदस्य रहेको भन्दै उनले भने, ‘हामीसँग अहिले डेढ लाख छ । मिहिनत पूर्वक काम गर्‍यौं भने एउटा पार्टी सदस्यले अर्को पार्टी सदस्य थप्न सकिन्न ? एक जना मात्र थप्यौं भने डेढ २ वर्षमा ३ लाख पार्टी सदस्य बनाउन सकिन्छ ।’

३ लाख पार्टी सदस्य हुने हो भने ठूला भनिएका जुनसुकै पार्टीलाई चुनौती दिन सकिने खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?