+
+

माधव नेपालको निर्देशन: उपचुनावको तयारीमा जुट्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १५:२४
फाइल फोटो ।

१० भदौ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपचुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा उपचुनाव हुनसक्ने बताए ।

तीन प्रमुख, तीन उपप्रमुखका साथै २८ वडाध्यक्षको उपचुनाव हुने भन्दै उनले भने, ‘हाम्रो परीक्षा त्यो ठाउँमा हुन्छ । उपचुनावकै आधारमा त्यहाँको नेतृत्वको मूल्यांकन हुन्छ ।’

सबै ठाउँमा पार्टीको अवस्था समान नभएको भन्दै उनले जहाँ जित्न सकिन्छ ? कहाँ सम्मानजनक मत पाउन सकिन्छ विश्लेषण गरेर उपचुनावको तयारीमा जुट्न नेताहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?